विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलरको भाउ घट्यो, युरो र पाउण्ड बढ्यो

मंगलबार, ११ मंसिर २०८१, ८:५६ AM
post-image

काठमाडौं, मंसिर ११ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । सोमबार डलको भाउ १३४ रुपैयाँ ८२ पैसामा खरिद र बिक्री १३५ रुपैयाँ ४२ पैसामा भएको थियो । 
मंगलबार युरोपियन युरो को भाउ ६३ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ०८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ७१ पैसा तोकिएको छ । सोमबार भने युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ४६ पैसा बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा तोकिएको थियो ।   
मंगलबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले बढेको हो । यसअघि सोमबार पाउण्डको खरिदमूल्य १६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७२ पैसा कायम थियो ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७८ पैसा रहेको छ । 
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ । 
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ २३ पैसा र बिक्रीदर ३० रूपैयाँ ३६ पैसा कायम गरेको छ ।
यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}